
पंचज्योति शक्तितीर्थ सिद्धाश्रम - जहाँ योगको अग्निबाट प्रज्वलित हुनेछ पंचज्योति
जीवन्तं मृतवन्मन्ये देहिनं धर्मावर्जितम्।
यतो धर्मेण संयुक्तो दीर्घजीवी व संशयः ॥
अर्थात्, "धर्मविहीन मानिस मरेको मानिससरह हो। धार्मिक व्यक्ति मृत्युपश्चात् पनि जीवित रहन्छ किनभने उसको कीर्ति अमर रहन्छ। यस्तो धार्मिक मानिस दीर्घजीवी हुन्छ।"यसै धर्मको रक्षा गर्नका लागि सच्चिदानन्दस्वरूप सद्गुरुदेव परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको अवतरण यस धरामा भएको हो। धर्मको रक्षा, पुनर्संरचना तथा विस्तारका लागि सद्गुरुदेवजी महाराजले पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम धामको स्थापना गर्नुभएको हो। सन् 1990 देखि 1995 सम्म विभिन्न स्थानहरूमा ८ दिव्य महाशक्तियज्ञ सम्पन्न गरेपछि मध्यप्रदेशको ब्यौहारी अनुविभागअन्तर्गत रहेको मैकल पर्वत श्रृंखलाहरू र सिद्धाश्रम सरिताको बीचमा उहाँद्वारा सिद्धाश्रम धामको स्थापना गरियो। यसको भूमि पूजन 23 जनवरी 1997 मा सम्पन्न भयो।
सद्गुरुदेवजी महाराजद्वारा निर्मित यस सिद्धाश्रम धामलाई धर्मधुरी अर्थात् धर्मको केन्द्रविन्दु भनेर संज्ञा दिइएको छ। यहाँ दैनिक रूपमा हुने धार्मिक, आध्यात्मिक र साधनात्मक गतिविधिहरूले यस धामलाई विश्वमञ्चमा धर्मधुरीको रूपमा स्थापित गरिरहेको छ। अहिलेसम्म यहाँ समाज र विश्वकल्याणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइसकेका छन्, जसबाट करोडौं मानिसहरू लाभान्वित भएका कारणले गर्दा पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम धाममा विश्वभरबाट मानिसहरू आफ्ना अभावहरू मेट्दै आत्मकल्याण र जनकल्याणको मार्गमा अघि बढिरहेका छन्।यो तीर्थस्थल जनकल्याणका लागि एकैसाथ सञ्चालन भइरहेका अनेकौं विशिष्ट कार्यक्रमहरूको केन्द्र हो। यही विविधता नै यसको प्रमुख विशेषता हो। हाल समाजमा देखिएको विभिन्न विसंगतिहरूको उचित विश्लेषण गर्दै लोप भइसकेको भारतीय गौरवलाई पुनर्स्थापित गर्न सक्ने सम्पूर्ण विधिहरूलाई सिद्धाश्रम धाममा सद्गुरुदेवजी महाराजले पुनर्स्थापित गर्नुभएको छ।
पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रमका सम्पूर्ण गतिविधिहरूलाई यदि दुई शब्दमा व्याख्या गर्ने हो भने "साधना" र "कर्मयोग" हो। परमपूज्य सद्गुरुदेव योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा स्थापित यस पुण्यभूमिमा आउने हरेक भक्तले साधनामय जीवन र कर्मयोगको प्रेरणा प्राप्त गर्दछ। यहाँ बिहान-बेलुका सम्पन्न हुने विशेष आरतीक्रमहरूमा सहभागी हुँदा मानिसहरूको मनमा स्वतः साधनात्मक वृत्ति उत्पन्न हुने निश्चित हुँदा ती क्रम दिनचर्याको अभिन्न अंश बन्न पुग्छन्। यी साधनात्मक विधिहरूलाई अंगीकार गरी लाखौँ मानिसहरू आज प्रकृतिसत्ता र गुरुसत्ताको आशीर्वाद प्राप्त गरिरहेका छन् । यसरी निःस्वार्थता, पवित्रता, परोपकार, अध्यात्म र सेवाको दिव्य भावनाहरूबाट सिद्धाश्रम धामका हरेक कण पूरित छन् जसबाट मानवताको पुननिर्माण निरन्तर भइरहेको छ।
"आउँदो समयमा पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम धाम विश्वको धर्मधुरी बन्ने छ।"
सद्गुरुदेवजी महाराजको यस भविष्यवाणीमा नै यस धामको सम्पूर्ण महत्त्व समाहित छ।