पूज्य शक्तिपुत्रजी महाराजका विषयमा गरिएका भविष्यवाणीहरू

प्रकृतिको रहस्य अभेद्य छ, अथाह छ र यही रहस्यलाई सम्झाउनका लागि हाम्रा अग्रज ऋषिमुनिहरुले हजारौं वर्षसम्म तपस्या गरेर शोध गरेर प्रकृतिसँग एकाकार गर्दै समाजका लागि अनेक क्षेत्रको ज्ञान प्रदान गर्दै आएका छन्। सोही ज्ञानलाई आत्मसाथ गर्दै प्रकृतिसँग एकाकार गर्ने उद्देश्यले नै ऋषिमुनिहरूद्वारा प्रदत्त ज्ञान मार्ग, ज्योतिषी गणना, अन्तरंग योग र दैवीय साधनाद्वारा हामीले भविष्यका हरेक रहस्यको ज्ञान प्राप्त गर्न सक्छौँ। हरेक कालमा समाजको बीचमा यस्ता धेरै महापुरुषहरु छन् जसले अतिन्द्रिय क्षमतालाई जागृत गरेर या ज्योतिष गणना तथा देवी देवताको साधना गरेर समाजको बीच महान् भविष्यवक्ताका रुपमा स्थापित भएर ख्याति प्राप्त गरेका छन्।उनै महान् भविष्यभक्ताद्वारा वर्तमान समयदेखि लिएर हजारौं वर्ष पूर्वका अनेक भविष्यवक्ताहरूले नै भारतवर्षमा यस कलियुगको भयावह स्थितिलाई नाश गर्दै सत्ययुगको बिजारोपण गर्नलाई युग चेतना पुरुषको जन्म भइसकेको छ भन्ने विषयमा भविष्यवाणी गरिएको छ। उक्त भविष्यवाणीहरू के के रहेछन् त?

• जिन डिक्सन- एक अमेरिकाकी विश्वविख्यात महिला। उनका अनुसार “भारतको एक ग्रामीण किसान ब्राह्मण परिवारमा यस्तो व्यक्तिको जन्म हुने छ ,जसले आफ्नो कार्यबाट पूरै विश्वको ध्यान आफूतर्फ आकर्षित गर्ने छ ,तथा समाजलाई मार्गदर्शन गर्ने छ। उसको जन्म गान्धीजी को मृत्युपश्चात् हुने छ।”

• पिटर हर्कौस- एक यस शताब्दीकै महान् भविष्यवक्ता। उनका अनुसार “भारतमा आध्यात्मिकता तथा धार्मिकताको जुन लहर उठ्ने छ त्यो सम्पूर्ण विश्वमा छाउने छ।” भनी शक्तिपुत्रजी महाराजका विषयमा भविष्यवाणी गरेका छन्।

• प्रो. हरार-एक विश्वकै प्रसिद्ध भविष्यवक्ता। उनका अनुसार “ भारतमा एउटा यस्तो व्यक्तिको जन्म भइसकेको छ ,जो आउने समयमा विश्वकै मार्गदर्शक हुने छ। जुन व्यक्ति ब्राह्मण हुने छ तथा गोरो वर्णको हुने छ। त्यो व्यक्ति पूजापाठ, यज्ञ आदिमा प्रवीणता प्राप्त गरेको हुने छ। उसको साधनात्मक विकास सन् १९७० पछि सुरु हुनुपर्छ।”

• डा. जुलवर्न-एक फ्रान्सिसी लेखक एवं भविष्यवक्ता। उनका अनुसार “ भारतमा नै कुनै व्यक्तिको अभ्युदय हुने छ जसले सम्पूर्ण विश्वलाई शान्तिको पाठ पढाउने छ। भारतवर्षमा त्यस्तो व्यक्तिको जन्म सन् १९६२ भन्दा पहिला भइसकेको छ। जो विश्वकै अध्यात्मिक मार्गदर्शक हुने छ।”

• श्रीमती आयरिन ह्युजेज -एक अन्तरदृष्टि प्राप्त अद्भुत महिला। उनका अनुसार “ ईश्वरीय चेतनाको जन्म भारतमा भइसकेको छ, जसले भारतलाई शान्तिको सन्देश दिने छ।”

• डा. नारायण दत्त श्रीमाली - एक महान् ज्योतिषी। उनका अनुसार “ ईश्वरीय चेतनाको जन्म भारतमा भइसकेको छ जसले भारतलाई शान्तिको सन्देश दिने छ।”

• नास्त्रेदामस-एक महान् भविष्यवक्ता। उनले सबैभन्दा बढी भविष्यवाणी गरेका छन् ।उनले ३००० वर्ष अगाडिसम्मको भविष्यवाणी गरेका छन्। उनको जन्म सन् १५०३ मा फ्रान्सको सैन्टरेम डी प्रावेन्स नामक स्थानमा भएको थियो। उनले भारतमा वर्तमान समयको युगचेतना पुरुषको जन्म आदिको विषयमा विस्तारमा अलगअलग भविष्यवाणी गरेका छन्। उनका अनुसार “ भारतका पाँच नदीहरू मध्यको प्रख्यात पवित्र प्रान्तमा एक महापुरुषको जन्म हुनेछ जो राष्ट्रनायक बन्ने छ ।उसको नाममा ‘वरण’ शब्द जोडिने छ। उनी शत्रुको उन्मादलाई आध्यात्मिक शक्तिको बलबाट समाप्त गर्ने छ। उनी त्यो दिव्य शक्ति सम्पन्न महापुरुष हुने छन्। उनले बृहस्पतिबारलाई महत्त्वपूर्ण दिनका रूपमा घोषित गर्ने छन्। उनको प्रसिद्धि वा शक्ति बढ्दै जाने छ र उनी समान शक्तिवान् कोही हुने छैन। उनको जन्म लगभग १९६० को आसपासमा हुनै पर्छ।”

• किरो- एक महान् भविष्यवक्ता । उनका अनुसार “ भारतको सूर्य बलवान् छ एवं कुम्भ राशिमा छ यसकारण भारतको प्रगतिलाई दुनियाँको कुनै शक्तिले रोक्न सक्दैन। त्यही एक चेतना पुरुषको जन्म हुने छ जसको आध्यात्मिक क्षमता समस्त विश्वकै भौतिक क्षमताभन्दा कैयौं गुणा बढी हुने छ ।उनी गुरु शिष्य परम्पराको पालन गर्ने छन्। उनका अनुयायी हरेक धर्म जाति अथवा सम्प्रदायका हुने छन्।”

माथि उल्लेखित भविष्यवक्ताका अतिरिक्त अन्य अनेकौं भविष्यवक्ताहरूले पनि अनेकौं भविष्यवाणी गरेका छन् जसको सारांश निम्नलिखित छ।” भारतमा एउटा यस्तो दिव्य आत्माले जन्म लिएको छ जो आउने समयमा सत्य अहिंसाको पाठ पढाउने छ। जसले अध्यात्मको नयाँ ज्योति प्रदान गर्ने छ। जो सन् १९९५ सम्ममा जनताका अगाडि प्रखर भएर आउने छ ।सम्पूर्ण मानव उक्त चेतनासँग आकर्षित हुन सुरु गर्ने छन् र उसको आध्यात्मिक चिन्तनका अगाडि सम्पूर्ण आध्यात्मिक चिन्तन फिक्का लाग्ने छ। जो शक्तिको उपासक हुने छ ।उसको साधनात्मक नामको पहिलो अक्षर ‘श’बाट सुरु हुने छ। उनले सबै धर्मको सहयोग प्राप्त गर्ने छन् र सबै जातिका मानिसहरु उनको साथमा हुने छन्। उनी यज्ञ कार्यमा विशेष दक्ष हुने छन् र आफ्नो साधनात्मक बलद्वारा मानवको भयानक विनाशलाई रक्षा गर्ने छन्।”

माथिका सम्पूर्ण भविष्य वक्ताहरूका भविष्यवाणीबाट सम्पूर्ण तथ्यलाई हेर्दा श्री शक्ति पुत्रजी महाराजसँग मेल खाएको पाइन्छ। जस्तो कि माथि उल्लिखित भविष्यवक्ताका अनुसार बुझ्ने प्रयास गर्ने हो भने योगीराज श्री शक्ति पुत्रजी महाराजको जन्म एक ग्रामीण तथा ब्राह्मण परिवारमा भएको हो।उहाँको भौतिक नाम श्री रामवरण शुक्ल हो। उहाँको जन्म ५ नदीहरूमध्येको एक पवित्र प्रान्त उत्तरप्रदेशको फतेहपुर जिल्लाको भदवा नामको गाउँमा सन् १९६० मा भएको हो। उहाँ सन् १९७० पश्चात निरन्तर साधनात्मक कार्यमा लिन हुनुहुन्छ। उहाँको आध्यात्मिक नाम शक्तिपुत्र हो। गृहस्थ जीवन बिताउनु भएका उहाँ गोरो वर्णको हुनुहुन्छ। गृहस्थ सन्यासी जीवन जिउँदै जनकल्याणकारी कार्यमा सतत क्रियाशील रहनुहुन्छ। उहाँको सूर्य निश्चय नै बलवान् छ किनकि उहाँको दाहिने हातमा सूर्य योग पूर्णरुपबाट स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि उहाँको हातहरू एवं पूरै शरीरमा विशिष्ट १६ योग देख्न सकिन्छ। जुन शरीरमा हुनु नै युग चेतना पुरुषको निशानी हो। उहाँ यज्ञ कार्यमा पूर्ण दक्ष हुनुहुन्छ। उहाँले माता आदिशक्ति जगत जननी भगवती दुर्गाजीको कठिनतम साधनाहरू सम्पन्न गर्दै मातालाई प्रत्यक्ष उपस्थित गराएर र उहाँबाट समाजका लागि १०८ महाशक्ति यज्ञ सम्पन्न गराउने आशीर्वाद प्राप्त गर्नुभएको छ। उक्त यज्ञलाई सम्पन्न गर्ने क्षमता वर्तमान समयमा कसैसँग छैन। उहाँद्वारा केही वर्षअगाडि समाजको बीचमा अनेकौं घटनालाई आफूअनुरूप बदलेर आफ्नो साधनात्मक क्षमताको प्रमाण दिइसक्नुभएको छ। अहिलेसम्म उहाँबाट करोडौं व्यक्तिहरू लाभान्वित भइसकेका छन्। अनेकौंलाई जीवनदान दिइसक्नुभएको छ। हजारौंलाई असाध्य भन्दा असाध्य रोगलाई डाक्टरलाई चुनौती दिँदै साधनात्मक बल एवं आशिर्वादबाट ठिक गरिदिएका प्रशस्त उदाहरणहरु छन् ।अनेकौं मानसिक रोगी उहाँको आशीर्वादबाट ठिक भएका ज्वलन्त उदाहरणहरू समाजमा छन्। उहाँद्वारा गरिएका सयौं भविष्यवाणीहरू अक्षरशः सिद्ध भइसकेका छन्। योगीराज श्री शक्ति पुत्रजी महाराजले जनजनको कल्याणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ आजसम्म करोडौंले उहाँको चिन्तनबाट आफ्ना अवगुणलाई छोडेर अध्यात्मिक जीवनतर्फ पाइला सारेका ज्वलन्त उदाहरणहरु समाजमा प्रशस्त छन्। उहाँको निर्देशनमा भगवती मानव कल्याण संगठनका लाखौं सक्रिय कार्यकर्ताहरूद्वारा देशका अनेकौं जिल्लाहरूमा अखण्ड चालिसा पाठहरू सम्पन्न गराउँदै आएका छन्। २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठ, पाँच घन्टे अखण्ड श्री दुर्गा चालिसा पाठ र आरतीक्रमहरूलाई निःशुल्क रूपमा गराइँदै आएको छ। उहाँका शिष्य सम्पूर्ण हिन्दुहरू मात्र नभएर अन्य जाति, धर्म र सम्प्रदायका व्यक्तिहरू पनि छन्। श्री गुरुदेवजी महाराजले धेरै वर्ष पहिला नै गुरुवार अर्थात् बिहिबारको व्रत नै सम्पूर्ण व्रतहरुभन्दा सर्वश्रेष्ठ छ भनेर बताइसक्नु भएको छ।

ग्रामीण परिवारमा जन्म लिन्छ भनिनु,ब्राम्हण परिवरमा जन्म लिनु,नाममा ‘श’ र ‘वरण’ शब्द हुने छ भनिनु,शक्तिका उपासक हुने छ भनिनु,बिहीबारको व्रतलाई महत्वपूर्ण व्रतका रूपमा मान्छन् भनिनु,१९६०\७० को दशकमा जन्म हुन्छ भनिनु,यज्ञका ज्ञाता हुन्छन् भनिनु,सूर्य बलवान् हुन्छ भनिनु,शान्तिको सन्देश दिन्छन् भनिनु,सबै जाति,धर्म र सम्प्रदायका शिष्य हुन्छन् भनिनु र सबैको साथ र सहयोग हुन्छ भनिनु यी सबै वृतान्त श्री शक्तिपुत्रजी महाराजसँग मेल खाएको पाइन्छ ।यसर्थ यस्ता महान् गुरूवरको शिष्य बनौँ र उहाँको मार्गदर्शन प्राप्त गरी जीवनलाई धन्य बनाऔँ ।यस्ता महान् गुरूवरश्रीको यहि २०८२\२\२-३ गते नेपालमा आगमन हुन गइरहेको हुँदा सम्पूर्ण जनमानसलाई उहाँको दर्शनका लागि उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ। उक्त शिविरको लाभ लिई जीवन धन्य बनाउनका लागि पनि हार्दिक अनुरोध गर्दछौँ।

जय माता की ।जय गुरूवर की।