आशीर्वचन - परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराज

यो मानव शरीर दिव्य शक्तिहरूबाट परिपूर्ण छ जसलाई प्राप्त गर्न देवीदेवताहरू पनि लालायित हुन्छन् । यो अतिशयोक्तिपूर्ण लाग्न सक्छ । तर यही नै पूर्ण सत्य हो । किनभने मनुष्यलाई मात्र त्यो मार्ग प्राप्त छ जुन मार्गमा अगाडि बढेर कर्म गर्दै आफ्नो सात चक्रलाई जागृत गर्न सक्छन्, ऋषित्वको मार्गलाई प्राप्त गर्न सक्छ र परमसत्ता माता भगवती आदिशक्ति जगतजननी जगदम्बासँग साक्षात्कार गर्न सक्छन् र दिव्य लोकको वासी बन्न सक्छन् । जुन कुरा देवीदेवतालाई पनि दुर्लभ छ ।

देवता बन्न सजिलो छ तर पूर्ण ऋषिलाई प्राप्त गर्न धेरै कठिन छ । देवत्व सधैँ ऋषित्वको अधीनमा हुन्छ । आज त्यहि मानव जीर्ण, संकीर्ण, रोगग्रस्त, भयग्रस्त, असहाय, निस्क्रिय, तनाव र समस्याबाट ग्रसित भएर दैहिक, दैविक र भौतिक तापमा जलिरहेका छन् । यसको मूल कारण हो मानव आत्माको मूल स्वरुपबाट टाढा हुनु र इन्द्रियलाई भौतिक जगतको अधिनमा राख्नु । पराधिन मनुष्य कहिल्यैपनि सुखी रहन सक्दैन जवकि त्यो पराधिनता नश्वर जगतबाट जोडिएको हुन्छ । फेरी इन्द्रियको अधीनमा जीवन जीउनेवाला मनुष्यले कहिल्यै पनि सत्य धर्मको ज्ञान प्राप्त गर्न सक्दैन । वर्तमान समयमा मनुष्य भौतिक जगतको उपलब्धिबाट तृप्त हुन चाहन्छन् । आत्माको सहज स्वभाव हो आनन्द प्राप्ति । आनन्द प्राप्ति भौतिक जगतबाट प्राप्त हुन सक्दैन । यो त शक्तिको सानिध्यबाट मात्र प्राप्त हुन सक्छ ।मनुष्यको इच्छा शक्ति र संकल्पमा धेरै ठुलो शक्ति हुन्छ ।आफ्नो संकल्प शक्तिको बलबाट मनुष्यले असंभवलाई पनि सम्भव बनाइदिन सक्छ । वर्तमानमा विज्ञानले यति त प्रयोग गरिसकेको छ कि हामी अन्य ग्रहमा पनि आफ्नो उपस्थिति जनाउन सफल भइसक्यौँ । विज्ञानबाट ज्ञानको उत्पत्ति हुने हैन बरु ज्ञानबाट विज्ञान उत्पन्न हुन्छ। विज्ञान भौतिक जगतमा मात्र सफलता आर्जन गर्न सक्षम छ। आध्यात्मिक सफलता र आफ्नो”म” को खोज धर्म पथमा हिडेर मात्र सम्भव छ ।

वर्तमानमा मनुष्यको जीवनशैली पतनको चरम सीमामा छ। उसको आहार, विचार र व्यवहार तमोगुणी र रजोगुणी भएर शारीरिक श्रम शक्ति क्षीण भसकेको छ। आजको मनुष्य शारीरिक अंगको अत्यन्त थोरै प्रयोग गरिरहेको छ। जसको फलस्वरुप उसको शारीरिक जडता र रोगहरूको वृद्धि भइरहेको छ।हाम्रो ऋषिमुनिहरुले यस जडता र रोग मुक्तिका लागि “म” को खोज र आफ्नो शक्तिका लागि योगमार्ग, अष्टाङ्ग योगको जानकारी दिएका छन्। अतः वर्तमानमा यदि मनुष्य स्वस्थ जीवनका साथै सुख, शान्ति र समृद्धि चाहन्छ भने यस मार्गमा अघि बढ्नै पर्छ ।

शक्ति को आर्जन नै योग हो, शक्तिको बिसर्जन नै भोग हो।

शक्तिको उपयोग नै जीवन हो, शक्तिको उपभोग नै मृत्यु हो।